मन्त्री पुनसँग रबि लामिछानेको नाम जोडिएर समाचार प्रकाशित भएपछि…

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग रबि लामिछानेको नाम जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा समाचार प्रकाशित गरेकोप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । 

पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई भन्दै समाचार प्रकाशित भएको थियो। 

नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले सो समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको भन्दै उक्त खवर झुटो भएको सचिवालयलाई जानकारी दिएका छन्  । 

त्यस्तै पत्रकार लामिछानेको सन्र्दभमा मन्त्री पुनले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको मन्त्री पुनका प्रेश संयोजक रोशन खड्काले बताए ।

मन्त्रीकोे हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र  नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?