शुक्रबार सुनको मुल्य बढ्यो !

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

बिहिबार प्रतितोला ६२ हजार ४ सयमा कारोबार भएको छापावाला सुन प्रतितोला ६ सयले बढेर ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको पनि महासंघले जनाएको छ ।

चाँदी  अघिल्लो दिनको तुलनामा ५ रुपैंयाले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?