अवकासको चौथो दिनमै बीमा कम्पनी कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । ३० वर्षको लामो कार्यकालपछि राष्ट्र बैंकबाट अवकाश पाएका नारायण पौडेल त्यसको चौथो दिनमै बीमा कम्पनीका कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । 

बैङकीङ क्षेत्रमा लामो तथा राम्रो ज्ञान बटुलेका पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागका  प्रमुख थिए । 

२६ गते अवकाश भएका पौडेललाई प्रभु लाइफको सञ्चालक  समितिले  ३० गते  प्रमुख कार्यकारीको पदमा नियुक्त गरेको हो । नियामक विमा समितिले अनुमोदन गरे पश्चात पौडेलको नियुिक्त हुन्छ । 

३० वर्ष लामो अनुभव बटुलेका पौडेल कार्यकारी निर्देशकबाट प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् । समितिको अध्यक्षमा पनि पौडेल राष्ट्र बैंककै ’क्याडर’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?