एनसेलको डेटा प्याकमा आकर्षक योजना, के-के छन् सुविधा ? हेर्नुहोस्

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि डबल फोरजी डेटाको आकर्षक योजना ल्याएको छ । 
यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समय सीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । 

यो अफर यही जेठ ३० गतेदेखि लागू भएको छ । देशको एक हजारभन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो । 

यो योजना अन्तर्गत सात दिन समय सीमा भएको ५०० एमबी डेटा र तीस दिन समय सीमा भएको ३ जीबी डेटाको खरिदमा ग्राहकले त्यत्ति नै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउँनेछन् । 

जस्तै यदि ग्राहकले तीस दिन समय सीमाभएको ३ जीबी डेटा कर सहित ४ सय ५३ रुपैयाँ ३० पैसामा खरिद गरेमा बोनस स्वरुप थप ३ जीबी फोरजी डेटा पाउँनेछन् । यो अफरमा ग्राहकले ३ जीबी डेटाकै शुल्कमा ६ जीबी डेटाको मजा लिन सक्नेछन् । 

त्यसैगरी, एनसेलका ग्राहकले सातदिन समय सीमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबी नै फोरजी डेटा बोनस वापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एम बी प्याक कर सहित ९५ रुपैया ७७ पैसामा सुचारु गर्न सक्छन् । 

यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् । 

यस योजनाअन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समय सीमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका एक हजार भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको छ । 

एनसेलका ग्राहकले *१७१२३# डायल गरि आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सातदिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?