५० हजार समर्थक अगाडी रियल मड्रिडमा हजार्डको भब्य स्वागत

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले नयाँ सुपरस्टार ईडेन हजार्डको भब्य स्वागत गरेको छ ।

क्लबले ५० हजार समर्थक अगाडी बेल्जियमका अन्तराष्ट्रिय खेलाडी हजार्डको स्वागत गरको हो । बेल्जियमका फरवार्ड करिब १ सय ५० मिलियन पाउण्ड भन्दा बढी मुल्यमा लण्डन क्लब चेल्सीबाट रियल मड्रिड आएका थिए । उनी मेडिकल टेस्टमा थिए । उनले क्लब अध्यक्ष फ्लोरोन्टिनो पेरेजसंग पाँच बर्षको सम्झौता गरेका छन् ।

मेरो बच्चैदेखिको सपना रियल मड्रिडका लागि खेल्नु थियो । उनले भने । उनी लगत्तै रियलको जर्सी लगाएर मैदानमा देखिएका थिए । बल लिएर मैदान छिर्नु अघि उनले जर्सीमा रहेको क्लबको ब्याचलाई चुमेका थिए । 

म विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न चाहन्छु । तर पहिला म विश्वको सर्वश्रेष्ठ क्लबसंग जोडिन चाहान्छु जुन सपना पुरा भयो ।  हजार्डले पत्रकार सम्मेलनमा भने, म कुनै सुपरस्टार होइन । तर म कोशिश गर्नेछु । म अहिले हजार्ड हुँ ।

हजार्डको जर्सीमा कुनै नम्बर राखिएको थिएन । उनी चेल्सी र बेल्जियमका रहदाँ १० नम्बरको जर्सी लगाउने गर्दथे । तर रियलमा लुका मोड्रिचले १० नम्बरको जर्सी लगाउने गरेका छन् । म भाग्यमानी छु । कोभिसिसको माध्यमबाट मोड्रिचसंग कुरा गर्ने अवसर पाएको थिए । मैले मजाकमा उनलाई १० नम्बरको जर्सी छाड्न भनेको थिए । तर उनले अस्विकार गरे । मेरो लागि नम्बर महत्वपुर्ण होईन । हजार्डले भनेका छन् ।

म अहिल २८ बर्षको भए । खेलाडी जिवनको उत्कृष्ट समयमा छु, उनले थपे । जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकमा फर्किएपछि हजार्डलाई पुन रियलमा ल्याउने प्रक्रिया सुरु भएको थियो । हजार्डले रियल आउनुको मुख्य कारण फ्रेन्च प्रशिक्षक जिदानलाई मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?