धादिङमा भोज खाँदा ३० बिरामी

धादिङ–नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० भन्दाबढी बिरामी परेका छन् । बुधबार रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।
    
भोज खाएपछि अचानक गएरातिदेखि बिरामी पर्न थालेपछि १९ जनाको अवस्था जटिल भएकाले आज अबेर मात्र जिल्ला अस्पताल लगिएको थियो । बिरामीमा दिसा पातलो हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । बिरामीमध्ये भारमाले र सुकौरा गाउँका मात्र २० जना रहेको उपचारमा संलग्न सुजन घलेले बताए ।
घटना कसरी भयो भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?