गुठीसम्बन्धी विधेयकमा कड्कियो राप्रपा (संयुक्त), सरकारलाई यस्तो चेतावनी !

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले सरकारले प्रस्तुत गरेको गुठीसम्बन्धी  विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको विधेयक फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिए । 

संसदमा प्रस्तुत गरिएको सो विधेयकले नेपालको धार्मिक र सांस्कृतिक संरचना भत्काउने भन्दै अध्यक्षद्धयले भने, ''कुनैपनि हालतमा यो विधेयक फिर्ता लिनुपर्छ । अन्यथा नेपालको धर्म र संस्कृति संरक्षणका लागि हामी आन्दोलन गर्छौ ।''  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?