प्रकाशमान सिंहले औल्याए कांग्रेसका कमजोरी: यस्ता छन् मुख्य चुनौती

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंंहले पाटि संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौति रहेको बताएका छन् ।  

नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, देशभर सत्तापक्षबाट असन्तुष्ट भएर कांग्रेसमा जनताको चासो र रुची बढेको छ ।  तर आकर्षक कार्यक्रम खै दिन सकेको ? त्यसैले यो अलमलको स्थिती आईपरेको हो । 

 उनले थपे सरकार विवादस्पद मुद्दामा फसिरहेको छ । जनभावनाको कदर गर्न चुकेको छ ।

मनोमानि ढंगले प्रस्तुत भइरहेको छ ।

पछिल्लो गुठि बिधेयकलाई नै हेरौँ न । यसका कारण राजधानीबासिहरु आन्दोलित हुनुपरेको छ । त्यसैले जनताको यो मतमा नेपाली कँंग्रेस उभिएको छ ।  तयसैले सरकारले यो बिधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन सुरु हुन्छ । उनले सरकारले मुलुकको सांकृतिक र ऐतिहासिक धर्म संस्कारको नष्ट गर्ने गलत मनसायका साथ यो बिधेयक आएको भन्दै कम्युनिष्ट शासनप्रति सजक रहन अपिल गरे । 

 नेपाली  जनताले वर्तमान सरकारको कामकारबाहिप्रति असन्तुष्टि राखिरहेको सन्दर्भमा फर्किदै उनले थपे कांग्रेस भित्र डाईनामिक नेता को खोजि भैरहेको छ ।

 गतिशिल  र बलियो कांग्रेसको अपेक्षा मुलुकले गरिरहेका कारण आन्तरीक विवादमा नअल्झेर पार्टीले स्पष्ट धारणा जनतालाई दिनुपर्ने उनको भनाई छ । भातृ संगठन समेत लथालिङ्ग अवस्थामा रहेका तितो यथार्थ सुनाउँदै उनले थपे तदर्थवाद बाट पार्टि चल्दा कार्यकर्तामा चरम निराशा छाएको छ । मैदानको  लडार्इ जित्न छिन्नभिन्न होईन एकढिक्का हुनुपर्छ ।  

उनले केहिदिनअघि तराई र सुदूरपश्चिमका जिल्लाहरुमा आएको भिषण हावाहुरीका कारण घरबारबिहिन भएका नागरिक को उचित बासस्थानको ब्यवस्थापन मिलाउन समेत सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?