सुख्खा पहिरोमा परि स्काभेटरका २ सहयोगिको मृत्यु

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका ८ टोड्केमा सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा पुरिएर २ जनाको मृत्यु भएको छ । 

स्काभेटरद्धारा सडक खन्ने क्रममा पहिरो खस्दा २ जनाको मृत्यु भएको हो । मकवानपुर प्रहरीका अनुसार धादिङका १७ वर्षिय रोशन बुढाथोकी र चितवन शक्तिखोरका ३२ वर्षिय सुदीप श्रेष्ठको पहिरोमा परेर मृत्यु भएको हो । 

स्काभेटरका चालक भागेर जोगिएका र मृतक दुबैजना स्काभेटरका सहयोगि रहेका  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?