हत्या गरेको ३० वर्षपछि प्रहरीको हिरासतमा

काठमाडौं । भन्ने तथा सुन्ने गरिन्थ्यो ‘१२ वर्षपछि त खोला पनि फर्कन्छ’ यो भनाई आज १ हत्याराले सत्य सावित पारेका छन् । 

हत्या गरि फरार रहेका महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी टोल घर भएका बीरबहादुर चौधरीलाइ मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको टोलीले ३० वर्षपछि  पक्राउ गरेको छ । 

चौधरीले २०३९ जेठ ८ गते शनिबार सुकदेव साह सोनारलाई घाटी रेटी हत्या गरेको खुलासा प्रहरी अनुसन्धानमा देखिएको थियो । अभियुक्त चौधरीले सोनारको  हत्या गरेर नदिमा फालेर फरार भएका थिए । 

२०४३ फागुन १९ गते कर्तव्य ज्यान मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालत हेटौंडाले र २०४५ अशोज १६ गते सर्वोच्च अदालत काठमाडौंले चौधरीलाई २० वर्ष जन्मकैद सुनाएको थियो । उ

क्त घटनामा संलग्न उनका साथि पलट शाह सोनारलाई प्रहरीले गत वर्ष भदौ ६ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चौधरीलाई प्रहरी टोलिले बारा जिल्ला अदालतको आदेश अनुसार लागेको कैद भुक्तानका लागि वीरगंज कारागार पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?