शिक्षामन्त्रीलाई गगन थापाको ठाडो चुनौती

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोख्रेललाई आधारभुत शिक्षाका लागी विनियोजन गरेको बजेटले एक चौथाई विद्यार्थिलाई पुर्याएर देखाउ भनेर नेपाली कांग्रेसका सांसद गगन थापाले ठाडो चुनौती दिएका छन् । 

संसद हलमा बिहिबार आफ्ना प्रस्ताव पेश गर्दै थापाले  देशभर ३६ हजारभन्दा बढी प्रारम्भिक बालविकास केन्द्र रहेको र योग्य शिक्षकबाट पढाउनु पर्ने ठाउँमा ८ कक्षा पास गरेकाले ६ हजार रुपैयाँभन्दा कम तलबमा पढाईरहेका आलोचना गरे । 

आधारभुत शिक्षामा जति रकम छुट्याइएको छ अर्को वर्ष यो रकमले एक चौथाई विद्यार्थिलाई पुर्याएर देखाएमा शिक्षामन्त्रीले जे भने त्यहि गर्ने तर्क समेत  थापाले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?