भारतीय प्रधानमन्त्री मोदी बिस्केकमा

एजेन्सी ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । मोदी साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ गएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 
भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका हुन् । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए । 
भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ । 
एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?