पित्तथैलीको अपरेशन गर्दा बिरामीको आन्द्रा नै छेडिएपछि…

काठमाडौं । ओम अस्पतालमा पित्तथैलिको अप्रेशनपछि सिन्धुपाल्चोककी ५० वर्षिया रामप्यारी थापाको मृत्यु भएको छ ।

पित्तथैलिको अप्रेशन गरेको ६ दिनपछि थापाको मृत्यु भएको हो ।  गत शुक्रबार मृतक थापाको पत्थरीको अप्रेशन भएको थियो र त्यसको ५ दिनपछि बिहिबार चिकित्सकले उनलाई मृत घोषणा गरेको छ । 

गत शुक्रबार ५० वर्षिया थापा अप्रेशनका लागि ओम अस्पताल पुगेकी थिइन् । मृतकका आफन्तका अनुसार अपे्रशन गर्दा सानो आन्द्रा छेडिएको र उक्त छेडिएको आन्द्राको अप्रेशन नहुँदा शरिरभर संक्रमण फैलिएर मृत्यु भएको हो । चिकित्सकको चरम लापर्वाहिका कारणले थापाको मृत्यु भएको भन्दै आफन्त आक्रोसित बनेका छन् ।

थापाको मृत्युसँगै उनका आफन्तले क्षतिपुर्ती पाउनुपर्ने भन्दै चर्को नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?