धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट

काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा बुधबार राति प्रेसरकुकर बम विस्फोट भएको छ ।

बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण सभा हलको भित्ता भत्केको कुरा धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी नलिएको र  घटनाबारे थप अनुसन्धान भइरहेको कुरा  प्रहरी उपरीक्षक शेखरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?