हङकङमा दशक यताकै ठुलो प्रदर्शन, विशाल प्रदर्शनपछि सरकारी कार्यालय बन्द

काठमाडौं । हङकङमा बुधवार भएको हिंसात्मक द्धन्दका कारण सरकारी कार्यालयहरु बन्द भएका छन् । 

हङकङको सरकारी हेर्डक्वार्टरलाई प्रदर्शनकारीले मुख्य निशाना बनाएको हुनाले त्यहाँ नजिकका सबै सरकारी कार्यालयहरु बन्द गरिएको बीबीसीले जनाएको छ । हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि चिनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन केहि दिनदेखि हङकङ अशान्त रहेको खबर छ । 

विधेयकमा त्रुटि भएकाले त्यो फिर्ता हुनुपर्ने उनिहरुले माग रहेको छ ।  सरकारले आफ्नो मागको वेवास्ता गर्दै विधेयकमाथि छलफल गरिएको प्रदर्शनकारीको भनाई रहेको छ । 
सरकारी कार्यालय वरपर प्रदर्शनकारीहरुले अवरोध पारेपछि प्रहरीले आन्दोलनकारीहरुलाई पन्छ्याउन रबरका गोली तथा टियर ग्याँस प्रहार गरेको थियो । उक्त ग्याँस तथा गोलीको प्रहारबाट दर्जन भन्दा बढी आन्दोलनकारीहरु घाइते भएका छन्, भने घाइतेमध्य केहिको अवस्था चिन्ताजनक रहेको अन्तराष्ट्रिय माध्यमहरुमा खबर छ ।
 
विरोधमा चलेको उग्र प्रदर्शनले विशाल रुप लिन थालेपछि उक्त विधेयकवारे छलफल पछि गर्ने भन्ने निष्कर्षमा पुग्दै स्थगित गरिएको छ ।  भयानक प्रदर्शनको भोलिपल्ट बिहिबार बिहान हङकङ स्तब्ध देखिएको बिबिसिले जनाएको छ । हङकङको यो प्रदर्शन दसक यताकै ठुलो प्रदर्शन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?