मकवानपुरमा सुख्खा पहिरोले डोजर पुरिदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा सुख्खा पहिरोले डोजर पुरिदा २ जनाको मृत्यु भएको छ । 

मकवापनपुरको राक्सिराङ गाउँपालिका ८ स्थित थाहाढुंगामा सुख्खा पहिरोले डोजर पुरिदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।  

मृत्यु हुनेमा  चितवन शक्तिखोरका रोशन बुढाथोकी र सन्दिप श्रेष्ठ रहेका छन् । 
 डोजरसहित २ जनाको शव पुरिएको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा त्यस क्षेत्रमा ग्रामीण कृषि सडक निर्माण भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?