संविधान संसोधन नभए संसद छोडेर सडकमा उत्रन्छौं: सांसद कर्ण

काठमाडौं । राजपाका सांसद लक्ष्मणलाल कर्णले  संविधान संसोधन र कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडकमा उत्रने चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधान संसोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदै यस्तो बताएका हुन् । 
कर्णले विगतमा गरेको प्रतिवद्धतालाई नभुल्न पनि सरकारलाई आग्रह गरे । 

उनले  भने- “हामीलाई संसदबाट नधकेल्नुस्, हामी संसद बाहिर जाँदाको समयको याद होला तपाईलाई ? यही ठाउँबाट हामी गएका बाटोमा हौँ  ।”
उनले विगतलाई स्मरण गर्दै फेरी सडकमा उत्रिए देशको अवस्था राम्रो नरहने कुरा पनि व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?