यूपीमा योगीकी मन्त्रीले यसकारण गरिन् स्विटर नलगाउने अनौठो घोषणा

एजेन्सी, १२ पुस । उत्तर प्रदेशका प्राथमिक तहका बच्चाहरुलाई स्विटर उपलब्ध गराउन ढिलाई भएपनि आधारभूत शिक्षा राज्यमन्त्री अनुपमा जायसवालले एक अनौठो घोषणा गरेकी छ । सरकारले आफ्नो बाचाअनुसार जुत्ता र मोजा उपलब्ध गराएपनि प्राविधिक कारणले स्विटर उपलब्ध गराउन ढिलाई भएइरहेको उनले बताइन् । सोही कारण राज्यमन्त्री जायसवालले बच्चाहरुलाई स्विटर उपलब्ध नभएसम्म आफूले पनि स्विटर नलगाउने घोषणा गरेकी छन् । उनले आफूले सरकारको विरोधमा यस्तो गरेको नभई आफू एक आमा र संवेदनशीइल नागरिक हुनुका नाताले बच्चाहरुलाई उपलब्ध गराएर मात्रै आफूले पनि स्विटर लगाउने निर्णय गरेको उनको दाबी छ । यसबाट उनले बच्चाका अभिभावकलाई बच्चा तथा उनीहरुप्रतिको दायित्वमा सरकार संवेदनशील छ भन्ने बुझाउने प्रयास गरेको बताइएको छ । उनले छिटोभन्दा छिटो बच्चाहरुलाई न्यानो कपडा सरकारले उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?