लोकसेवा विज्ञापनको बारेमा गाउँपालिका अध्यक्षले दिए संसदलाई चुनौती (भिडियोवार्ता)

काठमाडौं । स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेका प्रतिद्वन्दी कृष्ण घिमिरेलाई ३ सय ६५ मतअन्तरले पराजित गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षका रुपमा चुनिए तत्कालीन नेकपा माओवादीका उम्मेदवार भुपाल पोखरेल ।

जनताले उनलाई ‘हाम्रो आफ्नै नेता’ भनेर पनि सम्वोधन गर्ने गरेका छन् किनकी उनले जनयुद्ध कालदेखि नै धुर्कोटकको विकास र समुन्नतिमा योगदान पु¥याएका थिए । मोटरबाटोको अभावका कारण जनयुद्धताका धुर्कोटको पिपलधारावासीलाई सदरमुकाम(तम्घास) पुग्न निकै सास्ती थियो । यही समस्यालाई मध्यनजर गर्दै भुपालले पिपलधारादेखि तम्घाससम्मको सडक निर्माणका लागि उर्दी जारी गरे ।

शान्ति प्रक्रियापश्चात पनि जिल्ला विकास समितिको प्रतिनिधिका रुपमा उनले स्वास्थ्य चौकी, विद्यालय, गाविस भवनको निर्माणमा पहल गरेका थिए । यस्तै कामले गर्दा जनताको विश्वास जित्न सफल उनले गाउँपालिकाको नेतृत्व सम्हालेको २ वर्ष भइसक्दा भोगेका अनुभव, चुनौती र उपलब्धिहरुका बारेमा साथै अहिले निकै विवादमा रहेको ‘लोकसेवा विज्ञापन’सम्बन्धि विषयमा केन्द्रित रहेर लोकपथकर्मी प्रेरणा तिमल्सिनाले भुपाल पोखरेलसँग गरेको कुराकानी हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?