दाङमा बारम्बार ज्यान मार्ने धम्कि दिंदै बलात्कार गर्ने एक युवक पक्राउ

काठमाडौँ  । दाङमा बलात्कारको आरोपमा एक युवक  पक्राउ परेका छन् ।

विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको पीडितको जाहेरीका आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय जीवन भनिने रुपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको  हो ।

गतबर्ष चैतदेखि दाङकी एकयुवतीलाई लगातर करणी गरेको आरोप लागेको छ । घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई मुलुकी फौजदारी कार्यविध  २०७४ को दफा १४ वमोजिम पाँचदिन म्यादथप गरि अनुसन्धान गर्न लागिएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?