अध्यक्षद्वय प्रचण्ड र अाेलीबीच भेट

काठमाडौं , पुस १२ ।  माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अाेलीबीच भेटबार्ता भएकाे छ बुधबार दिउँसाे अाेलीनिवास बालकाेटमा भएकाे भेटमा अध्यक्ष प्रचण्ड र अाेलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएकाे थियाे भेटमा अध्यक्षद्वय प्रचण्ड र अाेलीबीच निकै साैहार्द वातावरणमा छलफल भएकाे थियाे। छलफलमा जनताले नयाँ जनादेश दिएकाे परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनकाे मार्ग प्रशस्त गर्नुपर्ने विषयमा उहाँहरु बीच कुराकानी भएकाे थियाे। निर्वाचन अायाेगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएकाे थियाे दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएकाे छ। १/२ दिनमै संयाेजन समितिकाे बैठक बाेलाएर पार्टी एकताकाे प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र अाेलीबीच समझदारी भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?