७०० दुग्ध कृषकलाई २२ लाख अनुदान

 काठमाडौं । बढैयाताल गाउँपालिका अन्तर्गतका सात सय पशुपालक किसानलाई २१ लाख ७७ हजार ७ सय ९८ अनुदान  वितरण गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक हरि सुवेदीले बताए । 

चालु आव २०७५-०७६ मा सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई प्रति लिटर एक पैसा ९२ का दरले अनुदान सहयोग प्रदान गरिएको  सुवेदीको भनाइ छ । किसानले न्यूनतम तीन हजारदेखि एक लाखसम्म नगद अनुदान सहयोग पाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?