पोखरामा गोलि चल्यो, प्रहरी जवानसहित २ जना घाइते

काठमाडौँ  । पोखरामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ ।  

गोलि लागेर प्रहरी जवानसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायव उपरिक्षक सन्तोष सुवेदी र पोखरा १०, उत्तम चोक निवासी गोविन्द थापा रहेको प्रहरीले जनाएको छ । अमरसिंह चोक नजिकै रहेको  उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो । 

घाइतेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ । घाइतेको बाँया खुट्टामा गोली लागेको प्रहरीको भनाई छ । निजको साथबाट डाइजापाम ५ सय, नुर्फिन ५ सय, फिनारगन ५ सय थान गरि १५ सय थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको घाइतेले प्रयोग गर्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको निगरानीमा उपचारपछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउँने प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?