महिला र पुरुषले पाउने पारिश्रमिक विरुद्ध आवाज उठाउँदै बलिउडका चर्चित नायिकाहरु

एजेन्सी । विश्वव्यापी रुपमा जति नै आवाज उठाए पनि महिला र पुरुषबिचको विभेदको कुरा उठाएपनि संसारभर महिला र पुरुषले पाउने कामको पारिश्रमिकको दर समान देखिदैन् महिला र पुरुषबीचको भिन्नता विशेष गरी चलचित्र क्षेत्रमा देखिएको छ । नेपालमा मात्र नभएर भारतीय चलचित्र क्षेत्रमा पनि समान चलचित्र र रोलका लागि पनि नायक नायिकाहरुले पाउने पारिश्रमिकमा पनि धेरै नै अन्तर रहेको पाइन्छ असमान पारिश्रमिकको बारेमा बारम्बार अभिनेत्री दीपिका पादुकोण, कंगना रनावत र अनुष्का शर्माले असन्तुष्टि जनाउँदै आवाज उठाएको पाइन्छ । हालै मात्रै प्रियंका चोपडा पनि यस विषयमा समर्थन जनाएकी छिन् बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतीय पत्रकारसँग कुरा गर्दै महिला र पुरुषले पाउने पारिश्रमिकको दूरी विश्वव्यापी समस्या रहेको र यो हरेक पेशामा देखिएको बताएकी छिन् देशव्यापि रुपमा हेर्ने हो भने पनि केटीले भन्दा केटाले बढी नै पारिश्रमिक पाउने गर्छन् । यो ठूलो समस्या हो र यो चलचित्र क्षेत्रमा मात्र सिमित रहेको देखिदैन् फोब्र्सको सय जनाको सूचिमा म एक जना मात्र पर्नुले पनि यही संकेत गर्छ,’ प्रियंकाले भनिन् फोब्र्सको टप टेन भारतीय सेलिब्रेटी भित्र आफूलाई पार्न सफल प्रियंकाले यो उपलब्धिले तत्कालका लागि खुशी बनाए पनि आफूसँगै अरुलाई पनि देख्न पाउँदा थप खुसी लाग्ने बताएकी थिइन् । ‘एक हिसाबले हेर्दा मलाई साँच्चिकै खुशी लागेको छ, किनकि म पनि पुरुष समकक्षीसँगै उभिन पाएकी छु । साधारणतया फिल्म उद्योगमा यस्तो दृश्य देख्न पाइन्न । तर, दुःखको कुरा के छ भने म त्यहाँ एक्लै छु, अरू सबै नायकहरु मात्रै छैनन्,’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?