९ जेष्ठ २०७९, सोमवार

काठमाडौंतर्फ आउँदै गरेको सुमो भीमफेदीमा दुर्घटना, दुईको अवस्था गम्भीर

२०७४,पुष,१२,बुधबार ०८:३६

0
Shares

हेटौँडा, १२ पुस । हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना१च १९३९ नंको टाटासुमो आज बिहान दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने अन्य छजना सामान्य छन् भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो । चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागाईंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना हुनगएको सुमोमा सवार विदुर धिमालले बताए । सुमोमा आठजना यात्रु रहेको प्रहरीले जनाएको छ अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०८:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । बाराको जितपुरसिमरा २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका

दाङ । दाङमा इँट्टालाई सुन भनेर बिक्रीट गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एक होटेलमा दुई वटा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवविक्रम राईले ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम अघि सारेका छन्

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि

ताजा समाचार