सरकार गठनमा प्रधानमन्त्री देउवाले अवरोध गरे : नेपाल

काठमाडौं, १२ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेको आरोप लगाएका छन् काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री देउवालाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे प्रधानमन्त्रीले निर्वाचनमा पराजय भोगेपछि राजीनामा दिनुपर्ने भन्दै अहिलेसम्म राजीनामा नदिएको आश्चर्य प्रकट गरे सरकार गठनका विषयमा वाम गठबन्धन भित्र विवाद नरहेको उनको दावी थियो उनले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?