दोहोरो अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं, १२ पुस । नेप्से मंगलबार पनि पूँजीबजारमा दोहोरो अंकले ओरालो लागेको छ । बजार परिसूचक नेप्से मंगलबार २० अंकले आरालो लागेर १४ सय ४७ विन्दूमा आएर रोकिएको थियो त्यस्तै अन्य समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे यसैगरी, बिमा समूह सबैभन्दा उच्च १ सय ३८ अंकले ओरालो लाग्यो भने विकास बैंक र जलविद्युत् समूह २६ र ३६ अंकले ओरालो लाग्यो । साथै लघुवित्त समूह ३२ अंकले, उत्पादनमूलक समूह ३० अंकले र होटल समूह पनि २३ अंकले तल झरेको छ ल स्टक एक्सचेन्जमा १५९ कम्पनीका १० लाख ३८ हजार कित्ता सेयर ५४ करोड ३ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?