भैरहवालाई ८ विकेटले हराउँदै बिराटनगर बारियर्स ईपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, १२ पुस । विराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ बुधबार भएको खेलमा भैरहवा ग्लार्डिटर्सलाई ८ विकेटले हराउँदै विराटनगर फाइनलमा पुगेको हो भैरहवाले दिएको १ सय २८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पहिलो ओभरमा नै आसिफ शेखलाई शून्य रनमा गुमाएको विराटनगरले त्यसपछि सम्हालिएको प्रदर्शन गर्दै उपाधीको नजिक पुगेको हो विराटनगरका लागि बाबर हायात र अंशुमान रथले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी ग । बाबर ६२ रनमा आउट भए । त्यसपछि ब्याटिङमा आएका पारस खड्काले ४२ रन बनाए भने अंशुमानले नटआउट २६ रनको योगदान गरे यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । खराब सुरुवात गरेको भैरहवाका लागि आरिफ शेख र पुनित मिश्रले पारी सम्हालेका थिए दुबैले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे । आरिफ ४६ रनमा आउट भए भने पुनितले ४९ रन बनाए । भैरहवाका कप्तान शरद भेषावकर ७ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?