गूडविल फाइनान्सद्वारा बैंकिङसम्बन्धि किताब विमोचन

काठमाडौं, १२ पुस । गूडविल फाइनान्स लिमिटेडले बैंकिङ सम्बन्धि किताब बिमोचन गरेको छ फाईनान्सले बैंकिङ सम्बन्धि आइएम एमबीए नामक कितबको बिमोचन गरेको हो । यस किताब मार्फत ब्यांकर्सका साथै व्यापारी, विद्यार्थीदखि गृहणिसम्मले फाइदा लिन सक्ने कम्पनीले जनाएको छ काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा गूडवील फाइनान्स लिमिटेडले आइएम एमबिए नामक किताब सार्वजसनक गरेको छ । उक्त किताब बैंकसँग सम्बन्धित चासो राख्नेहरुका लागि उपयागी हुने विश्वास बैंकले गरेको छ । साथै किताब बिमोचन कार्यक्रममा डूडविल फाइनान्स लिमिटेडका अध्यक्ष राजाराम जोशीले बैंकिङ क्षेत्रमा जोडिएका विषय वस्तुहरुमा वर्कशपको सञ्चानल गर्ने जानकारी समेत दिएका छन् त्यस्तै, कार्यक्रममा पूर्व गभर्नर हिमालय शमशेर राणाले गूडविल फाइनान्स लिमिटेडले बैंकिङसँग जोडिएका कुराहरुलाई धेरै सहज रुपमा प्रस्तुत गरेको बताउँदै पुस्तक निकै नै उपयोगि हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?