संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष

काठमाडौं, १२ पुस । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

पार्टीको वैचारिक दृष्टिकोणलाई देशभर फैलाउन निर्देशन दिएको उक्त बैठकले देशका प्रत्येक वडामा भरपर्दो र बलियो संगठन नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ पार्टी अध्यक्षले प्रस्तुत गरेकाे राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको सो बैठकले जनताको सेवालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्न नयाँ गठन हुने जनवर्गीय संगठनलाई उपयोग गर्ने निर्णय गरेको छ पार्टीले देशभरबाट करिब ४०० उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभामा उठाएको भए पनि कुनै सिट संख्या प्राप्त गर्न नसकेको उक्त दलले प्रतिनिधिसभाको समानुपातिकमा भने ०.३५ प्रतिशत मत प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?