मेस्सीलाई पछि पार्दै ह्यारी केनले बनाए सर्वाधिक गोलकर्ताको कीर्तिमान

काठमाडौं, १२ पुस । इङलिस फुटबलर ह्यारी केनले सन् २०१७ मा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् मंगलबार राति भएको खेलमा साउथह्याम्प्टनविरुद्ध टोटनह्यामले ५–२ को जित निकाल्ने क्रममा ह्याट्रिक गरेसँगै उनले सर्वाधिक गोल गर्ने खेलाडिको रुपमा आफूलाई उभ्याएका हुन् यो सँगै उनले युरोपमा सबैभन्दा बढी गोल गर्ने लियोनल मेस्सीलाई पछि पारे । अघिल्लो शनिबार बर्नलीविरुद्ध ह्याट्रिक गरेका उनको प्रिमियर लिगमा मंगलबाररातिको लगातार दोस्रो ह्याट्रिक हो मंगलबारराति साउथह्याम्प्टनविरुद्ध पहिलो गोल गरेका केनले मेस्सीसँग ५४ गोलको बराबरी गरेका थिए । तर, त्यसपछि दुई गोल गर्दैं ह्याट्रिक पूरा गरेका उनी मेस्सीलाई पछि पार्दै सन् २०१७ को सर्वाधिक गोलकर्ता बनेका हुन् उनले यो सँगै मेस्सीसहित क्रिष्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र इडिन्सन काभानीलाई पनि पछि पारेका हुन् केनले २०१७ मा ५२ खेलमा ५६ गोल गरे भने मेस्सीले ६४ खेलमा ५४ गोल गरेका छन् । यसैगरी अर्का प्रतिस्पर्धी क्रिष्टियानो रोनाल्डोले ५५ खेलमा ५३ तथा इडिन्सन काभानीले ६२ खेलमा ५३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?