काठमाडौंमा मोडल संयुक्त राष्ट्र संघ सभा हुने

काठमाडौं–भोलिको नेतृत्व तयार गर्ने उद्देश्यले काठमाडौंमा नमुना संयुक्त राष्ट्र संघ सभा हुने भएको छ । सभामा नेपाल, भारत, बंगलादेश, थाइल्याण्डलगायतका मुलुकका १३ देखि २० बर्षसम्मका ४ सय जनाको सहभागिता हुने छ । दीगो विकास लक्ष नमुना राष्ट्र संघ नाम दिइएको सभामा बंगलादेश, भारत र संयुक्त अधिराज्यलगायतका मुलुकका २० भन्दा बढी प्रशिक्षकले सहजिकरण गर्ने छन् बुढानिलकन्ठ–१० स्थित रिलायन्स पब्लिक स्कुलको आतिथ्यमा हुने सभामा विभिन्न विद्यालय र कलेजमा अध्ययनरत युवा विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघको विभिन्न संरचना बारेमा जानकारी दिइने छ । संयुक्त राष्ट्र संघमा विभिन्न देशबाट प्रतिनिधित्व गरेर सहभागी हुने प्रतिनिधीहरुले अन्तरदेशिय समस्याहरु कसरी उठान गर्छन् भनेर सिकाइने आयोजक रिलायन्स इजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले बताए ‘संयुक्त राष्ट्र संघको महासभामा उठाइने समस्याहरुको समाधानको निम्ति कसरी छलफल हुन्छ र समस्याहरुको हल कसरी गर्दछन् भन्ने जानकारी मोडल संयुक्त राष्ट्रसंघ सभामा सिकाइनेछ,’ उनले भने, यस कार्यक्रमले विद्यार्थीहरुको व्यक्तित्व विकास, नेतृत्व क्षमताको विकास साथै वृहत सोचको विकास गर्न मद्दत गर्नेछ अन्तरदेशिय संस्कृतिको जानकारीको साथै मैत्रीपूर्ण वातावरणमा विश्व समस्याको पहिचान र समधानको बारेमा कलात्मक ढंगले खोजी गर्न सिकाउने उनले बताए । सभा विहीबारदेखि सुरु हुनेछ । कार्यक्रममा संयुक्त राष्ट्र संघ सूचना केन्द्र (unix) र युएसएआइडी, युएनएड्डलगायतका निकाय रणनीतिक साझेदारका रुपमा रहेका छन् । तीन दिनसम्म युवाविद्यार्थीले छलफल गरेर काठमाडौं घोषणापत्र जारी गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?