१३ माघ २०७९, शुक्रवार

मेस्सीलाई पछि पार्दै ह्यारी केनले बनाए सर्वाधिक गोलकर्ताको कीर्तिमान

२०७४,पुष,१२,बुधबार ०५:२९

0
Shares

काठमाडौं, १२ पुस । इङलिस फुटबलर ह्यारी केनले सन् २०१७ मा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् मंगलबार राति भएको खेलमा साउथह्याम्प्टनविरुद्ध टोटनह्यामले ५–२ को जित निकाल्ने क्रममा ह्याट्रिक गरेसँगै उनले सर्वाधिक गोल गर्ने खेलाडिको रुपमा आफूलाई उभ्याएका हुन् यो सँगै उनले युरोपमा सबैभन्दा बढी गोल गर्ने लियोनल मेस्सीलाई पछि पारे । अघिल्लो शनिबार बर्नलीविरुद्ध ह्याट्रिक गरेका उनको प्रिमियर लिगमा मंगलबाररातिको लगातार दोस्रो ह्याट्रिक हो मंगलबारराति साउथह्याम्प्टनविरुद्ध पहिलो गोल गरेका केनले मेस्सीसँग ५४ गोलको बराबरी गरेका थिए । तर, त्यसपछि दुई गोल गर्दैं ह्याट्रिक पूरा गरेका उनी मेस्सीलाई पछि पार्दै सन् २०१७ को सर्वाधिक गोलकर्ता बनेका हुन् उनले यो सँगै मेस्सीसहित क्रिष्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की र इडिन्सन काभानीलाई पनि पछि पारेका हुन् केनले २०१७ मा ५२ खेलमा ५६ गोल गरे भने मेस्सीले ६४ खेलमा ५४ गोल गरेका छन् । यसैगरी अर्का प्रतिस्पर्धी क्रिष्टियानो रोनाल्डोले ५५ खेलमा ५३ तथा इडिन्सन काभानीले ६२ खेलमा ५३ गोल गरेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०५:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिता यही माघ १६ गतेदेखि हुने

नेपाली क्रिकेटलाई सुधार्न र माथिल्लो श्रेणीमा उकाल्न पटक पटक प्रशिक्षकहरु ल्याइने गरे पनि यसको स्थिरतामा भने प्रश्न उठ्न थालेका छन्

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६