१३ माघ २०७९, शुक्रवार

कालीमाटी—टंकेश्वर खण्ड चाँडो कालोपत्र हुन्छ : नेता श्रेष्ठ

२०७४,पुष,१२,बुधबार ०४:४१

0
Shares

काठमाडौँ, १२ पुस । नेकपा (एमाले) का नेता जीवनराम श्रेष्ठले कालीमाटी—टंकेश्वर सडकखण्डलाई चाँडो कालोपत्र गरिने बताएका छन् ।

उक्त स्थानमा स्थानीयवासी सडक विभागका इञ्जिनियरसँग मंगलबार स्थलगत भ्रमण गरेपछि त्यस क्षेत्रमा भएका खाल्डाखुल्डीले आवतजावतमा समस्या भएको बताउँदै कालोपत्रका लागि लागत अध्ययन गर्न इञ्जिनियरलाई निर्देशन दिए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा पनि जोड दिएमुलुकमा रोजगार वृद्धि गर्न यस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै उहाँले स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न विभिन्न आर्थिक परियोजनाको खाँचो औँल्याएका छन् सांसद श्रेष्ठले अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत सामाजिक सशक्तीकरण सम्भव रहेको विचार व्यक्त गरे । मुलुकमा निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनमा सहयोग पुगेको बताउँदै नेता श्रेष्ठले वाम गठबन्धनको सरकार गठन भएपछि संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरे

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०४:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर

काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु

ताजा समाचार