२४ माघ २०७९, मंगलवार

प्रदेश समृद्धिका आधार : ३ मा खानी नै खानी, २ मा शून्य

२०७४,पुष,१२,बुधबार ०२:४९

0
Shares

काठमाडौं, १२ पुस- मुलुक संघीय प्रणालीमा गएसँगै ७ प्रदेशमध्ये कुन समृद्ध र गरिब छन् भनेर लेखाजोखा सुरु भएको छ । समृद्धि र गरिबीका आधारमध्ये मुलुकभित्रमा खानीको आधार विश्लेषण गर्दा केन्द्रीय राजधानीसमेत रहेको प्रदेश ३ समृद्ध देखिएको छ खानी विभागले दिएको तथ्यांक र उद्योग मन्त्रालयले सार्वजनिक गरेको विभिन्न वर्षको वार्षिक प्रतिवेदनअनुसार सातवटा प्रदेशमध्ये उत्खनन भइरहेको खनिज पदार्थ र खनिज पदार्थ रहेको वा नरहेको विषयमा गरिएका विभिन्न अध्ययनलाई आधार मान्दा प्रदेश २ सबैभन्दा गरिब देखिएको छ खानी तथा भूगर्भ विभागले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकभित्र १ सय २८ ठाउँमा खनिज पदार्थ उत्खनन भएको छ । यसरी उत्खनन भएका खानीहरूमध्ये चुनढुंगाको संख्या धेरै छ उत्खनन गरिएका खानीहरू स्थानका हिसाबले सबैभन्दा धेरै प्रदेश ३ मा छन् । प्रदेश २ का कुनै पनि स्थानमा खनिज पदार्थ उत्खनन भएको छैन । उत्खनन भएका खनिजमध्ये प्रदेश १ मा आठ स्थानमा खनिज उत्खनन भएको छ । जसमा पाँच ठाउँमा चुनढुंगा, दुई ठाउँमा रातोमाटो र एक ठाउँमा स्फटिकको उत्खनन भएको छ त्यस्तै, सबैभन्दा बढी प्रदेश ३ मा ४५ स्थानमा खनिज उत्खनन भइरहेको छ । धादिङमा एक ठाउँमा डोलोमाइट, दुई ठाउँमा फलाम, एक ठाउँमा सिसा, २२ ठाउँमा चुुनढुंगा, एक ठाउँमा म्याग्नेसाइट, तीन ठाउँमा मार्बल, नौ ठाउँमा क्वार्टजित नामक धातु उत्खनन भइरहेको छ । चुनढुंगाजस्तै टल्क धातुको पनि प्रदेश ३ मा पाँच ठाउँमा उत्खनन भइरहेको छ यसरी उत्खनन भइरहेका खानीमध्ये प्रदेश ४ मा सात ठाउँ, प्रदेश ५ मा ३६ ठाउँ र प्रदेश ६ मा २५ स्थानमा खानी उत्खनन भइरहेको विभागले जनाएको छ । प्रदेश ७ मा आठ ठाउँमा खनिज उत्खनन भइरहेको छ प्रदेश नं. उत्खनन सुरु भइसकेका अध्ययन सुरु/स्वीकृति पाएकाप्रदेश १ ८ ३७प्रदेश २ ० २प्रदेश ३ ४५ १६१प्रदेश ४ ७ २१प्रदेश ५ ३६ ९९प्रदेश ६ २५ २३प्रदेश ७ ८ २२विभागको स्वीकृतिमा विभिन्न कम्पनी एवं संस्थाले गरेको अध्ययनले मंगलबारसम्म मुलुकभर ३ सय ६५ स्थानमा खानी भेटिएको छ । यो अध्ययनका लागि अनुमति माग्ने कम्पनीको संख्या बढिरहेकोे विभागले जनाएको छ । विभागका सिनियर डिभिजन इन्जिनियर कृष्णदेव झाले विभागले अध्ययनका लागि जहिले पनि अनुमति दिन सक्ने भन्दै यो संख्या दैनिक बदलिन सक्ने जानकारी दिए, सुदर्शन अर्यालले राजधानी दैनिकमा खबर लेखेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध जनाएको छ ।

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७