४ जेष्ठ २०७९, बुधबार

कुलमानले फेरि गर्न लागे अर्को लोकप्रिय काम : थाले यस्तो पहल

२०७४,पुष,१२,बुधबार ०२:४४

0
Shares

काठमाडौं, १२ पुस- आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ । नवीकरणबारे छलफल गर्न तय भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक स्थगित भएपछि नेपाल विद्युत् प्राधिरकण आफैंले नवीकरणका लागि भारतलाई पत्राचार गरेको थियो । तर पत्रको जवाफ नआएपछि विद्युत् संकट टार्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं भारत जाने भएका छन् । घिसिङले नवीकरणको पहलका लागि बुधबार (आज) भारत जान लागेको बताए नेपाल र भारतका सचिवस्तरीय संयुक्त स्थायी समितिको बैठक स्थगन भएपछि विद्युत् प्राधिकरणले गत मंगलबार विद्युत् आयातको म्याद पुनः तीन महिना थप गर्न एमभीभीएनलाई पत्राचार गरेको थियो । उसले सो पत्रको जवाफ नपठाएपछि सम्झौता गर्न प्राधिकरणको उच्चस्तरीय टोली दिल्ली जान लागेको हो पूर्ववत् सम्झौताअनुरूप नवीकरण नभए पुनः लोडसेडिङ हुने निश्चित छ । त्यस्तो विकराल अवस्था आउन नदिई अवस्थालाई सामान्यीकरण गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं भारत जान लागेका हुन्, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०२:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार