२६ माघ २०७९, बिहीवार

पार्टी रणनीति तय गर्न राजपा बैठक आज

२०७४,पुष,१२,बुधबार ०२:४०

0
Shares

काठमाडौं, १२ पुस- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को राजनीतिक समिति बैठक आज (बुधबार) बस्ने भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि पहिलोचोटि बस्न लागेको राजनीतिक समितिको बैठकले पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । राजपा नेपालका वरिष्ठ नेता सत्यनारायण मण्डलका अनुसार निर्वाचनपछि पछिल्लो राजनीतिक अवस्थाको विषयमा बैठकमा छलफल हुनेछ । बैठकमा समानुपातिकतर्फको सांसद छनोट, राष्ट्रिय सभा गठनका लागि निर्वाचन प्रणाली, सरकार निर्माणलगायतका विषयमा छलफल हुने एजेन्डा रहेको छ । ‘निर्वाचनपछि बस्न लागेको पार्टीको राजनीतिक समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्नेछ,’ मण्डलले भने, ‘पार्टीले अगामी दिनमा लिने रणनीतिका विषयमा छलफल गरेर अगाडि बढ्नेछ ।’ यसैगरी, बैठकले प्रदेश २ मा बन्ने प्रदेश सरकार निर्माणको विषयमा समेत छलफल गर्नेछ, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका–३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेललाई मंगलबार प्रहरीले पक्राउ

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा

खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४
वायु प्रदूषणको जोखिममा पोखरा
 २०७९,माघ,२६,बिहीवार १४:०१