पार्टी रणनीति तय गर्न राजपा बैठक आज

काठमाडौं, १२ पुस- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को राजनीतिक समिति बैठक आज (बुधबार) बस्ने भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि पहिलोचोटि बस्न लागेको राजनीतिक समितिको बैठकले पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्ने एजेन्डा रहेको छ राजपा नेपालका वरिष्ठ नेता सत्यनारायण मण्डलका अनुसार निर्वाचनपछि पछिल्लो राजनीतिक अवस्थाको विषयमा बैठकमा छलफल हुनेछ । बैठकमा समानुपातिकतर्फको सांसद छनोट, राष्ट्रिय सभा गठनका लागि निर्वाचन प्रणाली, सरकार निर्माणलगायतका विषयमा छलफल हुने एजेन्डा रहेको छ ‘निर्वाचनपछि बस्न लागेको पार्टीको राजनीतिक समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्नेछ,’ मण्डलले भने, ‘पार्टीले अगामी दिनमा लिने रणनीतिका विषयमा छलफल गरेर अगाडि बढ्नेछ ।’ यसैगरी, बैठकले प्रदेश २ मा बन्ने प्रदेश सरकार निर्माणको विषयमा समेत छलफल गर्नेछ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?