१३ माघ २०७९, शुक्रवार

किन भेटेनन् ओली-दाहाल ?

२०७४,पुष,१२,बुधबार ०१:३८

0
Shares

काठमाडौं, १२ पुस- वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए । दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद÷प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन् । तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन् । ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले अन्नपूर्णसँग भने । ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन । न त नेताहरूले छलफलको मिति र समय नै निर्धारण गरिसकेका छन् । जसले गर्दा पनि एमाले:माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ । तर, दाहालको निजी सचिवालयले दुई पार्टीबीचको एकतामा शंका गर्ने कुनै ठाउँ नरहेका कारण तरंगित भइरहनु नपर्ने प्रतिक्रिया दिएको छ, अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०१:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर

काठमाडौं । स्वास्थ्य मन्त्रालयद्वारा पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा राखिएको हेल्थ डेस्कमा कोभिडसँगै एचआइभी, मलेरिया र क्षयरोगकोसमेत परीक्षण सुरु गरिएको

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६