यी हुन् एक वर्षको बजेट चार महिनामै सक्ने मन्त्रीहरु

काठमाडौँ, २२ पुस- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको खबर नयाँ पत्रिकाले छापेको छ चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । २९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ कुन मन्त्रीले कति खर्च गरे ?प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँविजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०रामकृष्ण यादव (कृषि विकास) : १०६२००महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००यज्ञबहादुर थापा (कानुन) : १०२४००भीमसेनदास प्रधान (रक्षा) : ९२५०सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०जयन्त चन्द (आपूर्ति) – २२४९५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?