चीनको प्रस्ताव : तातोपानी नाकामा संयुक्त सुरक्षा कमान्ड

काठमाडौँ, १२ पुस- चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र ‘ज्वाइन्ट कमान्ड मेकानिज्म अफिस’ स्थापनाको प्रस्ताव लिएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी काठमाडौं आएका छन् । गत असारमा रसुवामा पनि यस्तो संयन्त्र गठन भइसकेको छ तिब्बतको खासामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग चीनको सीमा सुरक्षा हेर्ने सिनियर कर्नेल वाङ जिङ त्याङ्वीले दुई दस्ताबेज पेस गरेका थिए ‘प्रतिवेदन लिएर काठमाडौं आएको छु । गृह मन्त्रालयले जे निर्देशन दिन्छ, त्यहीअनुसार अघि बढ्छु,’ सिडिओ तामाङले भने उनका अनुसार सीमावर्ती क्षेत्रमा तिब्बतीहरूको गतिविधि भइरहेको चिनियाँ अधिकारीहरूको आशंका थियो । उनीहरूले बाह्रबिसेमा यस्ता गतिविधि भइरहेको दलिल नै पेस गरेका थिए । तर, नेपाली अधिकारीले त्यस्तो नरहेको स्पष्ट पारेका थिए, नयाँ पत्रिकामा खबर छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?