रानीपोखरी पुनःनिर्माणको विवाद उत्कर्षमा

काठमाडौँ, १२ पुस – रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् रानीपोखरी पुनःनिर्माणको प्रक्रियाका विषयमा महानगरपालिका प्रमुख र उपप्रमुखबीच पनि मतभेद देखिएको छ । काठमाडौँका सम्पदा संरक्षण अभियान नामक स्वयम्सेवी संस्थाले रानीपोखरी पुनःनिर्माण गलत तरिकाबाट भएको भन्दै विरोध गर्दै आएको छ पुनःनिर्माण भइरहेको रानीपोखरीको विवाद विभिन्न सञ्चार माध्यममा आएपछि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मङ्गलबार बिहान स्थालगत भ्रमण गरेपछि त्यहाँ कङ्क्रिटको वाल लगाउने कार्य रोक्न निर्देशन दिएकी थिइन् । त्यसपछि त्यहाँ भेला भएका स्थानीयले स्वःस्फूर्त रूपमा तालाबन्दी गरेको सम्पदा संरक्षण अभियानका संयोजक आलोक तुलाधरले बताए उपप्रमुख हरिप्रभा खड्गी ऐतिहासिक सम्पदा जथाभावी तरिकाले पुनःनिर्माण गर्न नहुने भन्दै सम्पदाविद्सँग छलफल गरेर विवादरहित ढङ्गले काम अगाडि बढाउनुपर्ने बताए महानगरपालिकामा यस विषयमा छलफल हुँदा आफूलाई जानकारी समेत नदिने गरिएको उनको आरोप छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दुई वर्षअघि नै राष्ट्रपतिले शिलान्यास गरेको योजनालाई आफूले अगाडि बढाएको दाबी गर्छन्, गोरखापत्रले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?