गच्छदारविरुद्द भगवती सर्वोच्च गइन्, अब के होला ?

काठमाडौँ, ११ पुस – सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले मुद्दामा गरेकी छन् चौधरीले मंसिर २१ गतेको मतगणनाको १९ औं लटमा निर्वाचनको मतगणना क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको छ त्यस्तै, पाँच वटा मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको सो मुद्दामा उल्लेख छ सुनसरी ३ बाट गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका थिए भने चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?