कैलालीमा मलको अभाव, उत्पादन घट्ने चिन्ता

गगन ayadeeकैलाली, ११ पुस– गहुँ छर्ने बेला डीएपी मल पाउन नसकेका कलालीका किसानले अहिले गहु“ टुसाइसकेपछि पनि आवश्यक पर्ने युरिया मल पाउन सकेका छैनन् । मसिंर र पौष महिनाको हालसम्म ७ सय ५६ मेट्रिकटन युरिया मात्रै वितरण गरिएको छ । अझै जिल्लामा ३ सय मेट्रिकटन युरिया मल आवश्यक देखिएको छ । कृषि सामग्री केन्द्रमा मल नहु“दा किसानहरु रितो हात घर फर्किरहेका छन् । मल नपाएपछि किसानहरु यस वर्ष गहु“ उत्पादन घट्ने हो कि भन्ने चिन्तामा छन् । गह“ु छर्ने समयमा डीएपी मलको अभाव बेहोरेका कैलालीका किसानहरु अहिले युरिया मलको अभाव खेपिरहेका छैन । गहु“ टुसाइसकेपछि आवश्यक पर्ने युरिया मल नपाउ“दा किसानहरु थप मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यक भन्दा कम मात्रामा मल वितरण गर्दा किसानहरुलाई निकै समस्या परेको भजनी नगरपालिकास्थित महादेव पशु विकास सहकारी संस्थाका मोतिराम चौधरीले बताए । किसानहरु कृषि सामग्री केन्द्रबाट मल नपाउ“दा भारतीय सीमावर्ती बजारबाट महंगोमा मल किन्न बाध्य छन् । समयमा गहु“ले मल नपाए उत्पादन घट्ने चिन्ताले अहिले किसानहरु भारतबाट महंगोमा भएपनि मल किनिरहेका हुन् । समयमै मल नपाए गहु“ उत्पादनमा कमी आउने जोशीपुर गाउ“पालिकास्थित जोशीपुर कृषि सहकारी संस्थाका अध्यक्ष पर्शराम डगौरा बताउँछन् । जिल्लामा गहुँ खेतीका लागि २ महिनामा ७ सय ५६ मेट्रिकटन युरिया मात्रै वितरण गरिएको छ । तर, अझै जिल्लामा ३ सय मेट्रिकटन भन्दा बढी मल आवश्यक रहेको कृषि सामग्री केन्द्रले जनाएको छ । यस पटक १५ देखि २० मेट्रिकटन मल मात्रै सहकारीहरुमा वितरण गरिएको कृषि सामाग्री कम्पनी लिमिटेडका बरिष्ठ सहायक रुपबहादुर कु“वरले बताए । हरेक वर्ष कृषकहरु खेतीका समयमा मल अभावको समस्या भोग्ने गर्दछन् । जसले गर्दा सोचे जस्तो गहु“ उत्पादन हुन सकेको छैन । हरेक वर्ष निम्तिने यो समस्या समाधानका लािग केन्द्रबाट नै पहल हुनुपर्ने वरिष्ठ सहायक क“ुवरको भनाई छ । हाल कम्पनीमा मलका लागि दैनिक कृषकहरु धाइरहेका छन् । कृषि सामग्री केन्द्रले अहिले मल अभाव भएपनि एक हप्तापछि मल आयात हुने र किसानहरुलाई वितरण गरिने जनाएको छ । किसानहरु भने गहु“मा मल छर्ने समय वित्दै गएको भन्दै चिन्तित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?