१३ माघ २०७९, शुक्रवार

शीतल निवास किन पुगे राजपाका नेताहरु ?

२०७४,पुष,११,मंगलवार १५:५९

0
Shares

काठमाडौँ, ११ पुस – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनबाट प्राप्त जनमत मुलुकको शान्ति, समृद्धि र स्थायित्वका लागि सदुपयोग गर्न राष्ट्रिय जनता पार्टी (राजपा)लाई सुझाव दिएकी छन् राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवलगायत राजपाका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतल निवासमा आज साँझ भएको भेटमा राष्ट्रपतिले सो सुझाव दिएकी हुन् उक्त अवसरमा उनीहरूबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए राष्ट्रपति भण्डारीले चुनावीमा सहभागी भई निर्वाचित भएकामा राजपाका नेताहरुलाई बधाई दिदैं मुलुकका मुख्य राजनीतिक पार्टी जिम्मेवार हुनुपर्ने र वर्तमान अवस्थामा देखिएको गतिरोधलाई धैर्यतापूर्वक अगाडि बढाउनुपर्ने बताएको प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए मुलुकको शान्ति, स्थायित्व र समृद्धिमा लाग्न राष्ट्रपति भण्डारीले शुभकामना दिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए भेटमा आफूहरुले राष्ट्रपति कार्यालयमा रोकिएर रहेका राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन राष्टपतिलाई आग्रह गरेको उनले बताए महतोले भने , “हामीले राष्ट्रपतिसमक्ष मधेशी, जनजाति र पिछडिएका वर्गको आन्दोलनलाई निर्वाचनमार्फत जनताले अनुमोदन गरेको बताएका छौँ ।”

प्रकाशित मिति: २०७४,पुष,११,मंगलवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा भाँडभैलो भएको छ । अध्यक्ष नै बार्गेनिङमा संलग्न रहेको आरोप खेपिरहेकी छिन्

पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएका

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा बसेको

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६