कैलालीमा मलको अभाव, उत्पादन घट्ने चिन्ता

कैलाली, ११ पुस– गहुँ छर्ने बेला डीएपी मल पाउन नसकेका कलालीका किसानले अहिले गहु“ टुसाइसकेपछि पनि आवश्यक पर्ने युरिया मल पाउन सकेका छैनन् मसिंर र पौष महिनाको हालसम्म ७ सय ५६ मेट्रिकटन युरिया मात्रै वितरण गरिएको छ । अझै जिल्लामा ३ सय मेट्रिकटन युरिया मल आवश्यक देखिएको छ कृषि सामग्री केन्द्रमा मल नहु“दा किसानहरु रितो हात घर फर्किरहेका छन् मल नपाएपछि किसानहरु यस वर्ष गहु“ उत्पादन घट्ने हो कि भन्ने चिन्तामा छन् । गह“ु छर्ने समयमा डीएपी मलको अभाव बेहोरेका कैलालीका किसानहरु अहिले युरिया मलको अभाव खेपिरहेका छैन । गहु“ टुसाइसकेपछि आवश्यक पर्ने युरिया मल नपाउ“दा किसानहरु थप मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यक भन्दा कम मात्रामा मल वितरण गर्दा किसानहरुलाई निकै समस्या परेको भजनी नगरपालिकास्थित महादेव पशु विकास सहकारी संस्थाका मोतिराम चौधरीले बताए किसानहरु कृषि सामग्री केन्द्रबाट मल नपाउ“दा भारतीय सीमावर्ती बजारबाट महंगोमा मल किन्न बाध्य छन् । समयमा गहु“ले मल नपाए उत्पादन घट्ने चिन्ताले अहिले किसानहरु भारतबाट महंगोमा भएपनि मल किनिरहेका हुन् । समयमै मल नपाए गहु“ उत्पादनमा कमी आउने जोशीपुर गाउ“पालिकास्थित जोशीपुर कृषि सहकारी संस्थाका अध्यक्ष पर्शराम डगौरा बताउँछन् जिल्लामा गहुँ खेतीका लागि २ महिनामा ७ सय ५६ मेट्रिकटन युरिया मात्रै वितरण गरिएको छ । तर, अझै जिल्लामा ३ सय मेट्रिकटन भन्दा बढी मल आवश्यक रहेको कृषि सामग्री केन्द्रले जनाएको छ यस पटक १५ देखि २० मेट्रिकटन मल मात्रै सहकारीहरुमा वितरण गरिएको कृषि सामाग्री कम्पनी लिमिटेडका बरिष्ठ सहायक रुपबहादुर कु“वरले बताए हरेक वर्ष कृषकहरु खेतीका समयमा मल अभावको समस्या भोग्ने गर्दछन् । जसले गर्दा सोचे जस्तो गहु“ उत्पादन हुन सकेको छैन । हरेक वर्ष निम्तिने यो समस्या समाधानका लािग केन्द्रबाट नै पहल हुनुपर्ने वरिष्ठ सहायक क“ुवरको भनाई छ हाल कम्पनीमा मलका लागि दैनिक कृषकहरु धाइरहेका छन् । कृषि सामग्री केन्द्रले अहिले मल अभाव भएपनि एक हप्तापछि मल आयात हुने र किसानहरुलाई वितरण गरिने जनाएको छ । किसानहरु भने गहु“मा मल छर्ने समय वित्दै गएको भन्दै चिन्तित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?