नेपाली युवा यसरी बने ‘परमाणु वैज्ञानिक’

काँकडभिट्टा, ११ पुस – नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफैं ले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१० धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् “न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ”, युवा वैज्ञानिक रोहितले भने, “परमाणु विकीरणको नकारात्मक प्रभावबाट मानव जातिलाई बचाउन उपलब्धिपूर्ण नयाँ काम गर्ने अवसर मिलेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?