बाम गठबन्धनलाई फुटाउन खोज्नेहरु आफै समाप्त हुन्छन्ः लालबाबु

काठमाडौ,११ पुस-नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले बाम गठबन्धनलाई फुटाउन खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् । नेता पण्डितले बाम गठबन्धनलाई फुटाउन देशी, विदेशी शक्तिहरु लागेपनि सफल नहुने दावी समेत गरे । उनले जनमत अनुसार बामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बन्ने र त्यसले जनताको भावना बमोजिम काम गर्ने पनि बताए मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले अध्यारो कुनामा बसेर बामपन्थी गठबन्धनलाई फुटाउन प्रयास भईरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?