गोपाल किरातीको नेतृत्वमा माओवादीभित्र विद्रोह

काठमाडौ,११ पुस -एमालेसाग एकताको पहल भइरहँदा नेता गोपाल किरातीको नेतृत्वमा माओवादीभित्र विद्रोह भएको छ । क्रान्तिको वैज्ञानिक बाटोमा अघि बढ्ने संकल्पसहित तत्काल माओवादी पार्टीको महाधिवेशन आयोजनाको माग गर्दै उनको नेतृत्वमा ‘आठौं महाधिवेशन समुह’ निर्माण गरिएको छ किरातीको नेतृत्वमा भएको भेलालो विभिन्न निर्णय समेत गरेको छ निर्णयको पहिलो बुँदामा आठौं महाधिवेशन समुह सर्वहरावादी आन्दोलन र पहिचान आन्दोलनबीच समायोजनको विज्ञान माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक कार्यदिशामा सहमत देशका सबै क्रान्तिकारी कम्युनिष्टहरुबीच दृढ एकता पक्षधरहरुको समूह भएको उल्लेख गरिएको छ यस्तै निर्णयको दोस्रो बुँदामा भनिएको छ–समुह माओवादी क्रान्तिकारीहरुको स्वाभिमान रक्षा तथा महान जनयुद्धको उच्च सम्मान, आन्तरिक एकता र नयाँ आधारमा जनसम्बन्ध सुदृढिकरण गरि समाजवादी क्रान्तिमा अघि बढ्न आठौं पार्टी महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुईलाईन संघर्ष गर्नेछ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर कसैले हाम्रो पार्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससित सम्बध विच्छेद गरि आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ । ’यस्तै देशको विभिन्न तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्ने पनि निर्णयमा उल्लेख छ । त्यस्तै सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी त्यसको लागि आह्वान गरिएको छ संघीय गणतन्त्र नेपालको २ नं. प्रदेशमा मधेस सरकार बन्न लागेकोमा स्वागत गर्दै सोही अनुरुप ताम्सालिङ सरकार, किरात सरकार, लिम्बुवान सरकार, कोचिला सरकार एवं तमुवान सरकार, मगरात सरकार, थरुवान सरकार, खसान सरकार आदि स्वायत्त राज्य सरकार स्थापना हुनुपर्नेमाग चौथो बुँदामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?