नुवाकोट तारकेश्वरका महिला समूहलाई आर्थिक सहयोग

काठमाडौं । नुवाकोटको तारकेश्वर गाँउपालिकाको महिला तथा आमा समूह आवद्धहरुको आर्थिक सशत्तिकरणका लागि २७ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । केटाकेटी अर्गनाईजेसन जर्मनकी अध्यक्ष एनली सोफिया रेकरले (Anneli Sofia Raecker) को सहयोगमा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष एवं समाजसेवी शिव अधिकारी र महिला तथा वालवालिकाको लागि सामाजिक सुरक्षा संस्था (Society for Protection of Women & Children) का संस्थापक सल्लाहकार एवं समाजसेवी राजेश रेग्मीको नेतृत्वमा सोमबार चन्दनीमा आयोजित एक कार्यक्रमका बीच त्यहाँ क्रियाशिल महिला तथा आमा समूहहरुलाई रकम हस्तान्तरण गर्नुभएको थियो सहयोग पाउने समूहमा तारकेश्वर गाउँपालिका अन्तर्गत तारुकाको सिर्जनशिल आमा समुह, तारकेश्वर आमा समुह, जोरचौतारा आमा समुह, तेस्रेपानी आमा समुह, गोरखनाथ आमा समुह, एकल महिला समुह (मानव अधिकारको लागि महिला समुह), नवज्योति रेडक्रस महिला समुह, तल्लो कौसिनी महिला समुह, कालिका आमा समुह बरचौर र रक्तकाली आमा समुह रहेका छन् यसैगरि दाङसिङको सुनौलो भविष्य आमा समुह, गोस्र्याङको कल्लेरीडाडा आमा समुह र विवेकशिल आमा समुह, वुधसिङको संघर्ष्शिल आमा समुह, प्रगतिशिल, गोदावरी आमा समुह, मनकामना आमा समुह र अन्नपूर्ण आमा समुह रहेका छन् भने भञ्ज्याङखर्कको भञ्ज्याङखक आमा समुह, मिलिजुली आमा समुहलाई पनि सहयोग रकम प्रदान गरिएको छ कार्यक्रममा महिला तथा वालवालिकाको लागि सामाजिक सुरक्षा संस्थाका संस्थापक सल्लाहकार एवं समाजसेवी राजेश रेग्मीले शिव अधिकारी मार्फत आगामी दिनमा तारकेश्वरगाउँपालिकामा सहयोग गर्ने बताउनुभयो । उहाँले तारकेश्वरगाँउपालिकाको विकास र महिलाहरुको सशत्तिकणका लागि अधिकारीले थालेको अभियानमा साथ दिन स्थानीयहरुलाई आग्रह पनि गर्नुभयो त्यस्तै कार्यक्रममा समाजसेवी शिव अधिकारीले तारकेश्वर गाँउपालिकाका महिलाहरुलाई धनि बनाउने उद्धेश्य स्वरुप आफुले यो अभियान थालनी गरेको भन्दै विगतका दिनहरुमा गरेका प्रतिवद्धताहरु क्रमिकरुपमा पुरा गर्दै जाने बाचा पनि गर्नुभयो । सो अभियानमा साथ दिन पनि सबैसँग आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?